काठमाडौं । जारी एनपीएलमा पोखरा एभेन्जर्सले टस जितेको छ। टस जितेर पोखराले जनकपुर बोल्ट्सलाई ब्याटिङको निम्तो दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङको निर्णय गरेका हुन्।
पोखरा पहिलो जितको खोजीमा हुँदा जनकपुर दोस्रो जितको खोजीमा छ।
जारी एनपीएलमा पोखराले आज दोस्रो खेल खेल्दैछ। जनकपुरको भने आजको खेल तेस्रो खेल हो।
पोखरा पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो। एक खेलमा जित र एक खेलमा हार बेहोरेको जनकपुर आज जित दोब्बर बनाउने लक्ष्यमा छ।जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो। दोस्रो खेलमा भने काठमाडौलाई ८ विकेटले हराएको थियो। एनपीएलमा आज एक खेलमात्रै हुँदैछ।





























