एनपीएल : टस जितेर पोखरले जनकपुरलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको खेलमा पोखरा एभेन्जर्सले टस जितेर जनकपुर बोल्ट्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिताको नवौँ खेलमा पोखराले पहिले बलिङ गर्ने निर्णय गरेको हो।

जारी प्रतियोगितामा जनकपुरले यसअघिका दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ। पोखरा भने आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो।

जनकपुरले पछिल्लो खेलमा काठमाडौँ गोर्खाजलाई आठ विकेटले पराजित गरेको थियो। पोखरा प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिँदै छ।