Hotel Panchthar Nepco Media

टिकटकको प्रतिबन्ध हटाउने तयारी

काठमाडौं। सरकारले टिकटकमाथिको प्रतिबन्ध खुलाउने तयारी थालेको छ। तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध खुलाउने वर्तमान सरकारले गृहकार्य सुरु गरेको छ।

तत्कालीन प्रचण्ड सरकारले अश्लिलता र अराजकतालाई प्रश्रय दिएको बताउँदै गत वर्ष कात्तिक २७ गते मन्त्रिपरिषद्को निर्णयबाटै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।

सत्ता गठबन्धन परिवर्तन भएर कांग्रेस एमालेको नयाँ सरकार बनेपछि टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने सरकारले तयारी थालेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटकमाथिको प्रतिबन्ध हटाउन सञ्चार मन्त्रालयलाई निर्देशन दिइसकेको बुझिएको छ ।