प्रचण्डको नेतृत्वले नेकपामा खैलाबैला भयो

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का बरिस्ट नेता झलनाथ खनालले  नेता हरिबोल गजुरेललाई कारबाही गरिएकोमा दुख ब्यक्त गरेका छन । आफ्नो एकल निर्नय बाटै नेकपाका संयोजक पुष्पकमल दाहालले कारबाही गर्न नहुने बताएका हुन ।

आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि जिल्ला सिन्धुली-२ बाट पार्टीको आधिकारिक निर्नय बिना बागी उम्मेदवार उठाएका नेकपाले गजुरेलसहित ७ नेतालाई  पार्टीले शनिबार अनुशासनको कारबाही गरेर पार्टीबाट निस्कासन गरेको थियो।

यस विषयमा सोमबार नेता झलनाथ खनालले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गरी तत्काल कारबाही फिर्ता लिन प्रचण्ड लाइ आग्रह गरेका छन्, अन्यथा एकीकरण प्रक्रिया पूरा नहुने नेकपा भत्किने खतरा रहेको चेतावनी दिएका हुन्।

क. हरिबोल गजुरेलसहित नेतृत्वदायी तहमा रहेका कमरेडहरूको आकस्मिक बैठक बोलाउन, किन यस्ता कदम चाल्नुपर्‍यो, यसबारेमा पार्टीभित्र दोहोरो र गम्भीर छलफल गर्न, यस घटनाक्रमको समीक्षा गर्न, पार्टीमा अधिनायवादी शैली होइन, सामूहिक निर्णय र नेतृत्व प्रणालीलाई स्थापित गर्न नेपाली कम्युनिस्ट पार्टीका संयोजक कमरेड प्रचण्डसँग म जोडदार माग गर्दछु।

झलनाथ  लेखेका छन्

पार्टीलाई संस्थागत बनाऔं ।

यतिवेला हाम्रा सामु आम निर्वाचन २०८२ सन्निकट आइरहेको छ। मुलुकका विरुद्ध भित्री र बाहिरी प्रतिक्रियावादीहरूको घोर षड्यन्त्र चलिरहेको छ। जनता र राष्ट्रले सम्पूर्ण देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र सच्चा कम्युनिष्टहरू बीच नीतिनिष्ठ र दरो एकताको माग गरिरहेका छन्।

यही कुरालाई ध्यानमा राखेर कम्युनिष्टहरू एकताबद्ध हुने प्रयत्न पनि भइरहेको छ। तर त्यो प्रयत्नलाई बल पुर्‍याउनुको सट्टा एकीकरण घोषणा भएको यति लामो समय पछि पनि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र नै नेतृत्वदायी कमिटी नै बन्न नसक्नु, संस्थागत निर्णय प्रक्रिया विकसित नहुनु, एकाध व्यक्तिहरूको इच्छा वमोजिम ठुलठुला निर्णयहरू गर्न थालिनु, यहाँसम्म कि कमरेड हरिबोल गजुरेल जस्ता वरिष्ठ नेताहरू माथि स्पष्टीकरण दिने मौका पनि नदिकन पार्टीबाट निष्कासन सम्मको कठोर कारबाही हुनु, विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागत रुपमा जानकारी सम्म पनि नहुनु र एकैचोटी सार्वजनिक संचार माध्यमबाट थाहा पाउनु आश्चर्यजनक घटनाहरू भएका छन्।

यदि यो नेपाली कम्युनिष्ट पार्टीलाई सच्चा कम्युनिष्ट पार्टी बनाउने हो भने यस प्रकारका कारबाहीलाई अविलम्ब स्थगित गर्न, क. हरिबोल गजुरेल सहित नेतृत्वदायी तहमा रहेका कमरेडहरूको आकस्मिक बैठक बोलाउन, किन यस्ता कदम चाल्नुपर्‍यो यस बारेमा पार्टीभित्र दोहोरो र गम्भीर छलफल गर्न, यस घटनाक्रमको समीक्षा गर्न, पार्टीमा अधिनायवादी शैली होइन सामूहिक निर्णय र नेतृत्व प्रणालीलाई स्थापित गर्न नेपाली कम्युनिष्ट पार्टीका संयोजक कमरेड प्रचण्डसँग म जोडदार माग गर्दछु । अन्यथा, एकीकरण भई नसक्दै बिश्रृखलता तिर जाने खतराबाट नेकपालाई बचाउन गाह्रो हुनेछ ।