काठमाडौ । बसन्त थापा र शान्ती श्री परियारले गायको गित”देउ जोवन”सार्वजनिक भिडियो सहित।
वसन्त थापा र शान्ति श्री परियारले संयुक्त रुपमा गाएको गित देउ जोवनको म्युजिक भिडियो सार्बजनिक भएको छ।
विशेष गरि हिमाली भेगमा बसोबास गर्ने र गोठालो जिवन यापन गर्ने मानिसहरुको कहानिलाई जस्ताको त्यस्तै देखाउन खोजिएको यो म्युजिक भिडियोमा निर्देशक तथा कलाकार एकिन्द्र सारा शंकर आफैंले नृत्य,अभिनय गर्नुभएको छ भने हास्य टेलि श्रीङ्खला हल्का रमाइलोका चर्चित क्यारेक्टर, मोडल तथा कलाकार अनिता बस्नेत ले नृत्य अभिनयमा साथ दिनुभएको छ र उक्त भिडियोको छायांकन हरिश महराले गर्नुभएको हो भने सुजन कोइरालाले सम्पादन गर्नुभएको हो।उक्त गितको लय तथा शब्द सिर्जना एकिन्द्र सारा शंकर आफैंले गर्नुभएको हो भने ध्वनि संयोजन सुनिल परियारले गर्नुभएको हो।
सयौं म्युजिक भिडियो निर्देशन सहित दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेर आफ्नो चर्चा कमाईसकेका निर्देशक तथा कलाकार एकिन्द्र सारा शंकर भन्नुहुन्छ” हाम्रो पुर्ख्यौली मौलिकता भनेको बन जङल,घाँस दाउरा,हलो कोदालो हो।बिस्तारै आधुनिक युगको परिवर्तन सङ्गै हामी पनि परिवर्तन भएकात छौ तर पनि परिवर्तनको नाममा हामीले हाम्रो मौलिकता र हाम्रो बाउ बाजेले गरेको कला संस्कृतिलाई चटक्कै बिर्सन हुदैन ”
यो गितलाई धेरै भन्दा धेरै दर्सक स्रोताहरुले अत्यधिक रूपमा रुचाउनुभएको छ र अडियो भिडियो दुबैलाई राम्रो प्रतिक्रिया दिनुभएको छ।