काठमाडौँ । अन्तरिम मन्त्रीपरिषद् सरकार र जेनजी प्रतिनिधिबिच १० बुँदे सम्झौता विरुद्धको रिट भएको आज सुनुवाइका लागि सर्वोच्च अदालतले पेसी तोकिएको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र न्यायाधीश सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ भएर पेसी तोकिएको छ ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासको क्रमसंख्या ‘च’ मा रहेको पेसी ’हेर्न नभ्याइने सूचीमा’ राखिएको थियो ।
गत पुस ३० गते सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले यस अघिको आदेश अनुसार महान्यायाधिवक्ता कार्यालय मार्फत सम्झौताको सक्कल फाइल झिकाउन आदेश दिएको थियो । सर्वोच्च अदालतले यसअघि अन्तरिम सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे सम्झौतामा सक्कल फाइल झिकाउन आदेश जारी गरेको थियो ।
पुस ३ गते अधिवक्ताहरू सुदीप भण्डारी र डा प्रेमराज सिलवाल, सरोज कटेल, रोहित झा, तथा कानुनका विद्यार्थीहरू प्रवीण पौडेल र आयुष बडाल,स्मृति अधिकारी लगायतले दायर गरेको छुट्टाछुट्टै रिट निवेदनमा सम्झौता संविधान विपरीत भएको उल्लेख गरिएको थियो ।




























