काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि आइतबार निर्बाचन भएको छ्। निर्वाचनमा एमाले–कांग्रेस गठबन्धनका सम्पुर्ण सदस्य बिजय भएका छन्।
आइतबार सबै सात प्रदेशमा १८ पदका लागि भएको निर्बाचनमा एमाले–कांग्रेस गठबन्धनका सबै उम्मेदवारहरु बिजयी भएका छन । कोशी प्रदेशमा भएको निर्बाचनमा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध निर्वाचित भएका हुन्। मतदान पछि एमालेका सोम पोर्तेल र रोशनी मेचे विजयी भएका छन्।
मधेशमा अल्पसंख्यक क्लस्टरमा कांग्रेसका रंजित कर्ण,दलित क्लस्टरमा कांग्रेसका धर्मेन्द्र पासवान र अन्यतर्फ महन्थ ठाकुर महिला क्लस्टरतर्फ एमालेकी उम्मेदवार रेखा झा, विजयी भएका छन्।
बागमती त्यस्तै प्रदेशबाट अन्य क्लस्टरमा उम्मेदवार बन्नुभएका एमालेका डा । प्रेम प्रसाद दंगाल र महिला क्लस्टरमा कांग्रेसकी गिता देवकोटा विजयी भएका छन्।
गण्डकीबाट राष्ट्रियसभा निर्वाचन अन्तर्गत अन्यमा महिलामा एमालेकी सम्झना देवकोटा र कांग्रेसका जगत तिमिल्सिना विजयी भएका छन्।
त्यस्तै लुम्विनीबाट अपांगता कोटामा कांग्रेसका बासुदेव घिमिरे र एमालेकी रामकुमारी झाँक्री महिला कोटाबाट,अन्य समूहको कोटामा काग्रेसकै चन्द्रबहादुर केसी विजयी भएका छन्।
त्यस्तै कर्णालीबाट महिलातर्फ उम्मेदवार रहेकी एमालेकी मिनासिं रखाल र अन्य कलस्टरबाट उम्मेदवार बनेका कांग्रेसका ललितजंग शाही निर्वाचित भएका छन्।
त्यस्तै सुदूरपश्चिमबाटखुल्लातर्फ कांग्रेसका खम्मबहादुर खाती र महिलातर्फ एमालेकी उम्मेदवार लीला भण्डारी विजयी भएका छन्।
राष्ट्रियसभा निर्वाचन सातै प्रदेशमा कुल २०११ मतदाता रहेकामा १९२४ मत खसेको थियो। सातै प्रदेशमा गरी ९५ दशमलव ६८ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।





























