प्रधानमन्त्रीको नियुक्तिविरुद्ध सुनुवाइ हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको नियुक्तिविरुद्ध दायर भएको रिटमाथि आज आइतबार सुनुवाइ हुँदैछ।

प्रधानमन्त्रीको ओलीको नियुक्ति कानुनसम्मत नभएको कारण बदरको माग गर्दै गत असार ३१ गते अधिवक्तात्रय खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिट सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा पेशी तोकिएको छ।

रिटमा संविधानको धारा ७६ को उपधारा २ को गलत प्रयोग गरी प्रधानमन्त्री ओलीको नियुक्ति गरिएको र सो नियुक्ति बदर गरी संविधानको धारा ७६ उपधारा ३ को प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेशसहितको परमादेश माग गरिएको छ। ओलीलाई ३० असारमा  राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ ९२० अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।