Hotel Panchthar Nepco Media

स्टाफ नर्सको लाइसेन्स परीक्षामा ८१ प्रतिशत फेल

काठमाडौं । स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा ८१ प्रतिशत फेल भएका छन्।

परीक्षा समितिकी प्रवक्ता सकुन्तला प्रजापतिका अनुसार पीसीएल नर्सिङ तर्फ कुल १ हजार २७० जना सहभागी भएका मध्ये २४६ जना १९. ३४ प्रतिशत मात्रै पास भएका छन्।

यद्यपि पीसीएलको भन्दा नतिजा केही सुधार देखिएको छ। बीएस्सी नर्सिङमा कुल सहभागी ४१४ जनामध्ये २०३ जना (४९.०३ प्रतिशत) पास भएका छन् ।