नेपालको विभिन्न क्षेत्रमा बिहीबारदेखि करिब ३६ घण्टासम्म भारी वर्षाको सम्भावना

काठमाडौँ – बिहीबारदेखि करिब ३६ घण्टासम्म भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसमविद् विनोद पोखरेलले ३६ घण्टासम्म भारी वर्षाको सम्भावना रहेको बताएका हुन्। उनका अनुसार शुक्रबारदेखि केही ठाउँमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीको जोखिम पनि देखिएको छ।

उनले चार वटा मोडेलका आधारमा दैनिक र कुल वर्षा कति हुन सक्छ तथा कहाँ कस्तो जोखिम देखिन्छ भन्ने नक्साहरू राखेर उक्त जानकारी दिएका हुन्।

उनले पूर्वानुमान भएको बताउँदै वर्षाको स्थान, मात्रा र समय परिवर्तन हुन सक्ने उल्लेख गरेका छन्।