तपेन्द्र ऐडी मुगु
संकटको घडीमा निस्वार्थ रूपमा गरिएको सहयोग नै सबैभन्दा ठूलो मानवता भएको भन्दै अनिल बानियाँप्रति गहिरो कृतज्ञता व्यक्त गरिन छन समझना शाही ले।
आशाका सबै बाटाहरू बन्द भएजस्तो कठिन परिस्थितिमा अनिल बानियाँले गरेको सहयोगले नयाँ आशा र जीवनप्रति भरोसा जगाएको बताइएको छ। सहयोग पाउने व्यक्तिले अनिल बानियाँलाई केवल सहयोगी व्यक्ति मात्र नभई संकटको समयमा साक्षात् भगवान बनेर उभिएको बताएका छन्।
“मान्छेको रूपमा भगवान भेटिन्छन् भन्ने कुरा कथामा मात्र सुनेको थिएँ, तर अनिल दाइको सहयोगी हातले त्यसलाई वास्तविकतामा महसुस गराइदियो,” सहयोग पाउने व्यक्तिले भावुक हुँदै भने।
स्वार्थले भरिएको समाजमा पनि निस्वार्थ भावना र मानवीय संवेदना बोकेका अनिल बानियाँजस्ता व्यक्तिको साथ पाउनु आफ्नो जीवनकै ठूलो भाग्य भएको उनले बताए।
उनका अनुसार अनिल बानियाँले कठिन समयमा गरेको सहयोग रकम वा भौतिक सहयोगभन्दा पनि ठूलो मानवीय साथ र भरोसाको रूपमा आफूले लिएको बताएका छन्।































