काठमाडौँ । सुर्खेतको बराहताल गाउँपालिका–७ स्याउलेस्थित पानीडाँडा सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा ८ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ।
बिहीबार दिउँसो करिब ४ बजे सामुदायिक वन क्षेत्रमा भरुवा बन्दुक लुकाइछिपाइ राखिएको भन्ने गोप्य सूचनाका आधारमा खोजतलास गर्ने क्रममा ती बन्दुक फेला परेका हुन्।
प्रहरीका अनुसार बरामद गरिएका ८ थान बन्दुकमध्ये ५ थान साबुत अवस्थामा रहेका छन् भने ३ थान बेसाबुत अवस्थामा रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




























