काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा पाँच हजार नौ सय रुपैयाँले घटेर दुई लाख ८३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ११० रुपैयाँले घटेर तीन हजार ८१० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा तीन हजार ९२० रुपैयाँमा कायम रहेको थियो ।





























