काडमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं फर्किदैछन् । राजावादीहरूले उनको स्वागतको तयारी गरेपछि त्रिभुवन विमानस्थल वरपरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बिहानैदेखि बाक्लो संख्यामा सुरक्षाकर्मी सडकमा तैनाथ छन् । त्रिभुवन विमानस्थलमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । हवाइ टिकट भएका यात्रु र कर्मचारी बाहेक अरुलाई विमानस्थल प्रवेशमा निषेध गरिएको छ ।





























