विभिन्न देश पठाइदिने भन्दै ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारी शिलसिलमा आकर्षक तलबको प्रलोभन देखाउदै विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेर आज सार्वजनिक गरिएको छ।

जिल्ला काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजी कुमार आचार्यका अनुसार  ठगिहरुमा, मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ की २६ वर्षीया मनिषा अधिकारी, चितवन राप्ती नगरपालिका-३ घर भएका २७ वर्षीय सरल आचार्य, गुल्मी रेसुंगा नगरपालिका-६ का ४८ वर्षीय भक्तप्रसाद मरासिनी तथा स्याङ्जा चापाकोट नगरपालिका-९ का ४४ वर्षीय कृष्ण कुँवर पक्राउ परेका छन ।