पूर्व सभामुख ढुुङ्गानालाई अन्तिम श्रद्धाञ्जली, आजै अन्त्येष्टि

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले दिवंगत पूर्व सभामुख दमननाथ ढुङ्गानाको पार्थीव शरीरमा राष्ट्रिय झण्डा ओढाइ अन्तिम सम्मान गरेका छन् ।

ढुङ्गानालाई श्रद्धाञ्जली दिन उनको पार्थीव शरीर राखिएमा प्रधानमन्त्री ओलीले झण्डा र पुष्पगुच्छाबाट सम्मान गरेका हुन् ।

श्रद्धाञ्जलीसभामा नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, मन्त्रीगण, विभिन्न पार्टीका नेता तथा कार्यकर्ता र सामाजिक क्षेत्रका व्यक्तिहरु सहभागी थिए ।

मन्त्रिपरिषद्को आज बिहानको बैठकले ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र आजका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।