काठमाडौंमा प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध

काठमाडौं महानगरपालिकाले तिहारमा फूल बेच्न ४६ ठाउँ तोकेको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै प्लास्टिकका फूल बिक्री निषेध गरिएको बताएका छन्।

‘काठमाडौं महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्रीलाई व्यवस्थित गर्न यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा बिक्रीको प्रबन्ध गरेको छ।’ उनले लेखेका छन्। ‘प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्रीमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्द्धन गरिएको हो,’

गत वर्ष महानगरले प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चौर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल बिक्री गर्न ठाउँ तोकेको थियो।

फूल बिक्री गर्न तोकिएका स्थानहरू :

१, आरती पार्टी प्यालेस, माछा पोखरी
२, बुद्ध मल, माछा पोखरी
३, बालाजु भाटभटेनी, माछा पोखरी,
४, भ्याली कोल्ड स्टोर, बालाजु
५, सामुदायिक भवन, बालाजु
६, धर्म चक्र पार्क, स्वयम्भू
७, स्वयम्भू मार्ट
८, भाटभटेनी, कलंकी
९, कलंकी ट्र्रेड सेन्टर, कलंकी
१०, एस. एन. एस., कलंकी
११,एन. ब.टि.सि, कलंकी
१२, नेपा व्याङ्क्वेट, खुशिँवु
१३, बिग मार्ट, कालधारा, पकनाजोल
१४, साल्ट ट्र्रेडिङ कर्पोरेसन, कालीमाटी
१५, काठमाडौँ मल, सुन्धारा
१६, सिभिल मल, सुन्धारा
१७० सिटिसि मल, सुन्धारा
१८, रञ्जना मल, नयाँ सडक
१९, विग मार्ट कम्प्लेक्स, अनामनगर
२०, एटि कम्प्लेक्स, न्यू प्लाजा
२१० भाटभटेनी, अनामनगर
२२, आइटी प्लाजा, कमलादी
२३० संकटा चोक, टेवहाल
२४, के. एल. टावर, चाबहिल
२५, वि एन्ड एसएम, बौद्ध
२६, भर्गो जापान, शंखमुल
२७, आइप्लेक्स, बानेश्वर
२८, एनबि सेन्टर, नयाँ बानेश्वर
२९, फोनिक्स टावर, बत्तीसपुतली
३०, चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान
३१, बिगमार्ट, शंखमुल
३२, बिबिएसएम, कोटेश्वर
३३, सिफल चौर, सिफल
३४, केटिएम पार्टी प्यालेस,
३५, निराकल कम्प्लेक्स, शंखमुल
३६, एसि कम्प्लेक्स, चाबहिल
३७, भाटभटेनी, कोटेश्वर
३८, भाटभटेनी, नक्साल
३९, विग मार्ग, बालुवाटार
४०, सेल्स बेरी, महाराजगञ्ज
४१, भाटभटेनी, महाराजगञ्ज
४२, कोइराला मार्ट, सामाखुशी
४३, विग मार्ट, सामाखुशी
४४, सिटी सेन्टर, कमलपोखरी
४५, ल्होत्से मल, बालाजु
४६, सासा ब्याङकेट सोह्र खुट्टे