सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढको छ। आज सुन तोलामा ६०० ले रुपैयाँले बढेर दुई लाख ७५ हजार ६०० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ  । आज चाँदी २० रुपैयाँले घटेर तीन हजार ६५५ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा तीन हजार ६७५ कायम रहेको थियो ।