काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापालाई सरकारले पक्राउ गर्न खोजे कडा राजनीतिक प्रतिरोध गर्ने चेतावनी दिएका छन्।
ललितपुरको बज्रबाराहीमा आयोजित कार्यक्रममा बोल्दै राणाले इनाम सापकोटाको बयानका आधारमा थापालाई पक्राउ गर्ने प्रयास भइरहेको दाबी गरे।
उनले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई गैरकानुनी पक्राउका लागि दबाब दिइएको र नमानेपछि पदबाट हटाइएको आरोपसमेत लगाए।
सरकारले राजनीतिक प्रतिशोधका आधारमा नेता, व्यवसायी तथा सञ्चारकर्मीमाथि धरपकड र हस्तक्षेप गरिरहेको राणाको आरोप छ। उनले लोकतन्त्र, प्रेस स्वतन्त्रता र विधिको शासन रक्षाका लागि सबैलाई एकजुट हुन आह्वान गरे।




























