काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन गरेको छ। स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो।
क्यान्डिडेट क्लबको संयोजकमा कविन्द्र बुर्लाकोटी प्रविधिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी, समावेशिता तथा महिला सहभागितामा डा. तोशिमा कार्की, क्षमता विकास समन्वयमा टासी ल्हाजोम, व्यवस्थापनमा रहबर अन्सारी र प्रचारप्रसारमा मिलन लिम्बू तोकिएको छ।
बैठकले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदहरूमा पार्टीका तर्फबाट उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिहरूका लागि ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन खुला गर्ने निर्णय गरेको छ।






























