काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको प्रतिनिधिमण्डल जनवादी गणतन्त्र चीनको भ्रमणमा जाने भएको छ।
चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलले छिट्टै चीन भ्रमण गर्न लागेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए। पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकमा भ्रमणका बारेमा छलफल भएको थियो।
बैठकमा मधेस प्रदेश र केही जिल्लामा देखिएका समस्या तथा मधेस अडिट सम्बन्धमा सहमहामन्त्री हरि ढकाल नेतृत्वको कार्यदलको प्रतिवेदन पेस भएको प्रवक्ता खरेलले जानकारी दिए। सो प्रतिवेदन अध्ययनपश्चात् पार्टीले आगामी कदम चाल्ने बैठकको निर्णय छ।





























