काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भाना नभएको बताइकी छन् । भारतको भ्रमण सकाएर शुक्रबार नेपाल फर्किएकी मन्त्री राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएकी हुन् ।
नेपालमा पछिल्लो समय भइरहेका राजनीतिक गतिविधिबारे कुरा नभएको भारतीय पक्षको समर्थन भने लोकतान्त्रिक गतिविधिलाई नै रहने पाएको उनले बताइन् । ‘यहाँको राजनीतिक गतिविधिको बारेमा धेरै कुरा त गरेनौं । तर, उहाँहरूको सपोर्ट चाहिँ डेमोक्राटिक सिस्टमलाई नै छ भन्ने कुरा उहाँहरूको हरेक गतिविधिबाट हामीले बुझ्न जरुरी छ,’ राणाले भनिन् ।’





























