काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्ने दौड नरहेको बताएका छन् । वीरगञ्जमा पत्रकारसँग कुरा गर्दै उनले २०८४ सम्म आफू जनताकै साथमा रहने भन्दै प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताए।
उनले वर्तमान सरकारको काम नराम्रो रहेको भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने काममा केन्द्रित रहेको आरोप लगाए। उनले भने, उहाँहरूको काम भनेको भ्रष्टाचारीलाई बचाउने मात्रै छ । राम्रो काम गर्नेहरुलाई सताउने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो । त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ।’
प्रचण्डले वर्तमान सरकारले भ्रष्टाचारी जोगाउने, बेथिति र अराजकता बढाउने काम गरिरहेको आरोप समेत लगाए ।