काठमाडौं ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कांग्रेस केन्द्रीय कार्यालयमा कालोझण्डा देखाइएको छ । पार्टी कार्यालय प्रवेश गरेको एउटा समूहले खेलकुदमन्त्री चौधरीको विरोधमा नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् ।
उनलाई आफ्नै कार्यालयमा कालोझण्डा देखाइएको हो । प्रदर्शनकारीहरूले ‘खेलकुदमन्त्री राजीनामा दे’, ‘नेपाली कांग्रेस जिन्दावा’, ‘संगठनविरोधी गतिविधि अन्त्य गर’ लगायतका नारा लगाएका थिए ।