प्रचण्डको राजावादीलाई चेतावनी: लोकतन्त्रभित्रै आफ्नो स्थान खोज्नुपर्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनतासँग संवाद गर्न सामथ्र्य गुमाएको हो वा संवाद नै गर्न नचाहेको हो रु भनेर प्रश्न गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रचण्डले सरकारको विश्वसनीयता सकिएकै देखेर पुरातनपन्थी राजतन्त्रवादी हौसिएको बताएका हुन् ।

‘वर्षौँसम्म बन्द कोठामा समेत राजतन्त्र पुनस्र्थापनाको सपना देख्न डराएकाहरू आज सडकमै ओर्लेका छन् र सडकबाटै राजसंस्था पुनस्र्थापनाको चुनौती दिएका छन्’, प्रचण्डले भने, ‘यसका पछाडि संगठित प्रयास छ । देश भित्र र बाहिरका चलखेल मिसिएका छन् ।’

उनले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने भन्दै लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीलाई आग्रह गरे । ‘राजावादीलाई मेरो आग्रह छ लोकतन्त्रै आफ्नो ठाउँ खोज्नुस्’, प्रचण्डले भने,‘हामीलाई आपत्ति छैन ।’