काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन्।
सोमबार सभामुख, प्रमुख सचेतक र सचेतकहरू बीचको छलफलले २७ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले सम्बोधन गर्ने कार्यसूची तय गरेको हो।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष माओवादी केन्द्रको तराई मधेश जागरण अभियान केही दिनलाई स्थगित गरेर काठमाडौं आएका छन्।





























