इसराइल केयरगिभरका धमाधम नेपाली जान थाले

काठमाडौं । दीर्घकालीन स्याहार केन्द्रमा केयरगिभरमा छनोट भएका १ हजार मध्य १३ जना इजरायलतर्फ उडेका छन् । प्यालेस्टाइनी लडाकु समुह हमासको आक्रमण गर्न थालेपछि नेपाल सरकारले इजरायल जान नेपाली श्रमिकहरुलाई रोकेको थियो ।

वैदेशिक रोजगारकिा लागि इजरायल जान २ हजार १ सय १२ जना नेपाली श्रमिक छनोट भएका थिए । त्यसमा १ हजार १५६ महिला र ९५६ जना पुरुष रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

सोमबार पहिलो चरणमा १३ जनाको उडान भएको र छनोटमा परेका अन्य पनि क्रमशः जाने बताएको छ । करार अवधि ५ वर्षसम्म हुने र मासिक तलब करिब २ लाख २० हजार रुपैयाँ हुने भएकाले इजरायलको रोजगारीमा नेपाली आकर्षित छन् ।

इजरायलले नेपालसहित थाइल्यान्ड, फिलिपिन्स, चीन, भारत र श्रीलंकाबाट कामदार लगिरहेको छ । श्रीलंका र भारतबाट कृषिका लागि कामदार गएका छन् । नेपालले भने युद्वका कारण असुरक्षा भएको भन्दै वैदेशिक रोजगारीमा इजरायल पठाउन लामो समय रोकेर गत ९ कात्तिकमा इजरायल रोजगारी खुल्ला गरेको हो ।