प्रकृति लम्साल मृत्यु प्रकरण: विदेशी विद्यार्थीका लागि भारत कति सुरक्षित ?

एजेन्सी । ओडिसाको कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको आत्महत्या दुखद् त हो नै, त्यो भारतलाई विकासोन्मुख मुलुकको शैक्षिक गन्तव्य बनाउन चाहने भारत सरकारका लागि चेतावनी पनि हो। उक्त संस्थाले देखिनेगरी प्रकृतिले आफूलाई यातना दिँदै आएको एक जना भारतीय विद्यार्थीविरुद्ध गरेको शिकायतलाई वेवास्ता गर्यो। र पछि उसले उनको आत्महत्यालाई प्रेम वियोगको संज्ञा दियो छानविननै नगरी।

अनि जब त्यहाँका सयौं नेपाली विद्यार्थीहरूलाई जबरजस्ती कटक रेल्वे स्टेसनमा पुर्याएर संस्थाबाट टाढै रहन भनियो। अहिले भाइरल भएको भिडियोमा संस्थाका दुई जना अधिकारीहरूले उक्त शैक्षिक संस्थाले विद्यार्थीहरूको ट्युसन र आवासमा गरेको खर्च नेपालको कूल बजेटको रकम भन्दा ठूलो भएको अहंकारपूर्ण अभिव्यक्ति दिएको देखिन्छ। त्यो तर्क मान्ने हो भने अमेरिकामा बस्ने भारतीयहरूले वालमार्टमा खरिद गर्दा कृतज्ञ भाव राख्नुपर्छ किनकि वालमार्टको आम्दानी भारत सरकारको बजेट भन्दा ठूलो छ।

यो मामिलाले एउटा कुटनीतिक विवादको रुप लिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यो मामिला उठाए। नेपालस्थित भारतीय दूतावासले आश्वासन दियो। ओडिसा सरकार सक्रिय बन्यो। संस्थाले माफी माग्दै धपाइएका विद्यार्थीलाई फर्कन आग्रह गर्यो। यसले आपत्तिजनक अभिव्यक्ति दिने दुई कर्मचारीलाई जागिरबाट हटायो।

सन् २०१३ मा एउटा अन्तर्राष्ट्रिय सर्वेक्षणले भारत अत्यधिक नश्लभेदी राज्य भएको उल्लेख गर्दा धेरैले वेवास्ता गरेका थिए। तर सोधौं अफ्रिकी विद्यार्थीहरूमा जस्ले रंगभेदी अपमानको सामना गरेका छन् यहाँ। सन् २०१४ को त्यो रात्री याद गरौं। दिल्लीका एक जना मन्त्रीको नेतृत्वमा एक जना नाइजेरियन विद्यार्थीको कोठामा धावा बोलेको घटनाले हाम्रो निधारमा लगाएको कलंक धुन सहज छैन।

हाम्रै उत्तरपर्वी राज्यका विद्यार्थीहरूप्रतिको हाम्रो व्यवहारको लेखाजोखा त्यति राम्रो छैन। सर्वेक्षणले कोभिड महामारीमा कसरी उनीहरूलाई चाइनिज भनी बदनाम गरिएको थियो। अब यही आचरण नेपालमा देखिएको छ ठूलो आकारमा। नेपाल भारतमा विदेशी विद्यार्थीहरूको सबभन्दा ठूलो स्रोत हो। सन् २०२१/२२ मा भारत आएका ४६ हजार ८७८ विदेशी विदेशी विद्यार्थीमध्ये १३ हजार १२६ नेपालबाट मात्र थिए।

ओलीले आफ्नो चीनप्रतिको झुकाव देखाउँदै आएका छन् नै। भारतले सन् २०४७ सम्म प्रतिबर्ष पाँच लाख विदेशी विद्यार्थीहरूको लक्ष्य राखेको छ। तर पचास हजारमा उ अड्केको छ। आफ्नो गल्ती स्वीकारेर अघि बढ्नु एउटा राम्रो सुरुआत हुनेछ। आजको टाइम्स अफ इन्डियाबाट ।