काठमाडौं । धरान उप-महानगरपालिकाका मेयर हर्क सम्पाङ रित्तो गाग्री लिएर प्रधानमन्त्री भेट्न काठमाडौं आएका छन् ।
उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेको भन्दै दबाब दिन भन्दै रित्तो गाग्री बोकेर काठमाडौं आएका हुन् ।
मेयर साम्पाङले भोलि (मंगलबार) रित्तो गाग्री बोकेर सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्ने बताए ।































