एजेन्सी। गाजा युद्धविराम तथा इजरायल र हमासबीच बन्धक रिहाइको वार्ता ९० प्रतिशत प्रगति भएको प्यालेस्टाइनले जनाएको छ ।
युद्धविरामको पहिलो चरणमा रिहा गरिएका प्रत्येक महिला सिपाही बापत २० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिने जनाइएको छ । त्यसपछि इजरायली बन्धकहरूलाई चरणबद्ध रूपमा रिहा गरिनेछ ।
अझै केही बेपत्ता बन्धकहरू कहाँ छन् भनेर पत्ता लगाउन हमासलाई समय लाग्ने ठानिएको छ । गाजामा अझै ९६ इजरायली बन्धक रहेको अनुमान छ । यी मध्ये ६२ जना जीवित रहेको इजरायलले अनुमान गरेको छ ।
तोस्रो चरणको वार्ताको अन्तिम चरणमा १४ महिनादेखि जारी युद्ध अन्त्य हुने जनाइएको छ । गाजा युद्धविरामका लागि अमेरिका, कतार र इजिप्टले आफ्नो मध्यस्थता प्रयास निष्कर्षमा पुग्ने अपेक्षा राखेका छन् ।

























