आज सुन कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । आज सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँ बढेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार एक हजार सात सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाकारी दिएको छ ।