काठमाडौं । अध्ययनको सिलसिलामा दक्षिण कोरिया पुगेकी सोनु श्रेष्ठको हृदयघातका कारण निधन भएको छ। उनको घर इलाम माई नगरपालिका–१ हो ।
उनी गत फेब्रुअरीमा विद्यार्थी भिसामा कोरिया पुगेकी थिइन् । उनी आईतबार हृदयघात भएपछि उनको उल्सान अस्पतालमा निधन भएको हो । पोस्टमार्टमपछि उनको शव आफन्तलाई जिम्मा लगाइएको छ। उनको शव नेपाल ल्याउने तयारी भइरहेको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा मलेसियन पुगेका सोनुको बुबाको पनि निधन भएको छ । सोनुका बुवा लिला कुमार वैदेशिक रोजगारीमा केही वर्षदेखि मलोसिया बस्दै आएका थिए।