वैवाहिक करणी मुद्दामा गायक ओडले पाए सफाइ

काठमाडौं । गायक रवि ओडले वैवाहिक जबरजस्ती करणीको मुद्दामा सफाइ पाएका छन् । श्रीमतीले दायर गरेको मुद्दामा उनले कञ्चनपुर जिल्ला अदालतबाट सफाइ पाएका हुन् ।

अभियोगको दाबी नपुग्ने भन्दै अदालतले गायक ओडलाई सफाइ दिएको हो । अदालतका न्यायाधीश चाणकमणि अर्यालले आइतबार सो मुद्दामा फैसला सुनाएका हुन् ।

गत चैत ४० गते ओडकी श्रीमतीले वैवाहिक जबरजस्ती र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरी कार्यालय झलारीमा उजुरी गरेकी थिइन् ।

विदेशबाट फर्किएर उनले वैशाख २७ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । जेठ ३ गते पाँच लाख धरौटी तिरेर उनी थुना बाहिरबाट मुद्दा लड्दै आएका थिए ।