काठमाडौं । चर्चित गायिका लक्ष्मी रेग्मी सहितको स्वरमा रहेको नयाँ गीत ‘सातै डाँडै काटेर’ सार्वजनिक भएको छ। मोडल टिका भुजेलको प्रस्तुति रहेको उक्त गीत हालै सार्वजनिक गरिएको हो।
मायाप्रेम, भावनात्मक सम्बन्ध र मौलिक नेपाली लोकसंगीतको स्वादलाई समेटिएको गीतमा चर्चित गायक तथा सर्जक गोविन्द पंगेनी, गायिका सम्झना लामिछाने मगर, सुमन बिटी र चर्चित गायिका लक्ष्मी रेग्मीको सुमधुर स्वर रहेको छ। गीतले नेपाली मौलिक लोकसंगीतको भाव र शैलीलाई प्रस्तुत गर्ने प्रयास गरेको छ।
गीतका शब्द तथा लय गोविन्द पंगेनीले सिर्जना गरेका हुन्। सरल तथा मन छुने शब्द र लोकलयमा तयार गरिएको गीतले दर्शक तथा स्रोताको मन जित्ने विश्वास निर्माण पक्षले लिएको छ।
गीतको भिडियोतर्फ शिवजी क्षेत्रीले निर्देशन गरेका छन् भने महेश महराले छायांकन गरेका छन्। भिडियोको सम्पादन सुजन कोइरालाले गरेका हुन्। भिडियोमा टिका भुजेल, सम्झना लामिछाने मगर, काजी सुन्दास र पुष्पा बुनुको अभिनय रहेको छ।
भिडियोमा कलाकारहरूको अभिनयसँगै गीतको भावलाई सुन्दर ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको छ। प्राकृतिक तथा मनोरम दृश्यलाई समेट्दै तयार गरिएको भिडियोले गीतको कथावस्तुलाई थप प्रभावकारी बनाएको देखिन्छ।
गीत तथा भिडियो निर्माणमा संलग्न कलाकार तथा प्राविधिक टोलीले दर्शक–स्रोताको रुचिलाई ध्यानमा राख्दै मौलिक लोकसंगीतको स्वाद दिने प्रयास गरेका छन्। पछिल्लो समय नेपाली लोकगीत–संगीतप्रति दर्शकको आकर्षण बढिरहेका बेला ‘सातै डाँडै काटेर’ पनि स्रोताको रोजाइमा पर्ने अपेक्षा गरिएको छ।
भिडियो तलको लिंक क्लिक गर्नुहोला।































