बोराभित्र बेवारिस भेटियो २० किलोग्राम चरेस

पर्सा। पर्साको पटेवा सुगौलीको देउरालीमा बोराभित्र राखिएको अवस्थामा २० किलोग्राम चरेस बरामद भएको प्रहरीले जनाएको छ ।

करिब २० किलोग्राम लागु औषध चरेस सोमबार राति बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

हनुमान मन्दिरको छेउमा बोराभित्र रहेको चरेस बरामद गरेको हो । उक्त चरेस र त्यसको ओसारपसारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।