कैलाली । कैलालीको चुरे गाउँपालिका-४ स्थित बालुवागडामा बस्दै आएका ५२ परिवारलाई त्रिपाल वितरण गरिएको छ ।
गाउँपालिकाले पाँच वर्षअघि पहिराले विस्थापित भएर जङ्गल नजिक बस्दै आएका ५२ पहिरोपीडित परिवारलाई त्रिपाल र २० परिवारलाई सोलार प्यानल वितरण गरेको हो ।
यसैगरी, चुरे गाउँपालिका-५ खानीडाँडास्थित भीमदत्त राजमार्ग सडक किनारमा आश्रय लिइरहेका १५ परिवारलाई खाद्यान्न, त्रिपाल र सोलार प्यानल वितरण गरिएको छ ।































