काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा डा.रघुराज काफ्ले नियुक्त भएका छन् । सरकारले वोर्डको कार्यकारी निर्देशकमा डा. काफ्लोलाई नियुक्त गरेको हो ।
सिफारिस समितिको सुझावका आधारमा छनोटमा परेका तीन जनामध्ये तनहुँका काफ्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् । स्वास्थ्य मन्त्रालयले डा.काफ्लेसहित डा.कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।
डा काफ्ले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा एक दशक बढी वरिष्ठ अधिकारीका रुपमा कार्यरत उनी विकास रणनीति निर्माणमा संलग्न थिए छ ।





























