काठमाडौं । वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मा नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले डा। शर्मालाई नियुक्ति दिइएको हो ।
न्याम्स ऐन अनुसार उपकुलपति डा. भुपेन्द्र बस्नेतले आइतबार सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई डा. दिलीप शर्मा, डा. समाज गौतम र डा. अनुपमा कार्कीको नाम सिफारिस गरेका थिए ।
वीरको निर्देशक डा. सन्तोष पौडेलको दुईवर्षे कार्यकाल गत ४ फागुनमा सकिएपछि डा। समाज गौतमले निमित्त निर्देशकको जिम्मेवारी सम्हालिरहेका छन् ।