काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सहप्रवक्ता मनिष झाले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने महामन्त्री मुकुल ढकालको प्रस्ताव केन्द्रीय कमिटीले नैअस्वीकार गरेको बताएका छन् ।
महामन्त्री ढकालले बुधबारको केन्द्रीय समिति बैठक लाइभ गर्न माग गरेका थिए। त्यो प्रस्ताव सिंगो केन्द्रीय समितिले अस्वीकार गरेको झाले बताए।
सहप्रवक्ता झाले बैठकमा भू-राजनीतिक, अन्य राजनीतिक दलका नेतासँग जोडिएका विषय उठ्ने सक्ने लगायतका कुराले जोखिम लिन नचाहेको बताए। महामन्त्री ढकालले ३२ पृष्ठको समीक्षा प्रतिवेदनका अलावा ६ पेजको छुट्टै प्रस्ताव बैठकमा पेस गर्न खोजेका थिए।































