Hotel Panchthar Nepco Media

आममाफी पाएका चौधरीको अन्तिम सुनवाइ कार्तिक २३ गते हुने

काठमाडौं । सरकारको सिफारिसमा आममाफी पाएका रेशम चौधरीको मुद्दाको अन्तिम सुनवाई अर्को साता हुने भएको छ ।

सर्वोच्च अदालतले सर्बश्वसहित जन्मकैदको फैसाला सुनाइएका नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीको मुद्दाको अन्तिम सुनवाई कार्तिक २३ गते हुँदैछ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफी विरुद्ध ‘कैलाली नरसंहार’ मा मारिएका तत्कालीन प्रहरी एसएसपी लक्ष्मण न्यौपानेका आफन्तले दिएको मुद्दाको सुनवाई कार्तिक २३ गते हुन लागेको हो ।

प्रहरी एसएसपी न्यौपानेसहित सो नरसंहारमा एक बालक सहित ९ जनाको निर्मम तरिकाले हत्या गरिएको थियो ।