परराष्ट्रमन्त्री साउद र श्रीलंकाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच भेटवार्ता भएको छ।

नेपाल-श्रीलंका संयुक्त आयोगको बैठक सुरू हुनुअघि उनीहरूबीच भेटवार्ता भएको हो।

बैठकमा कोलम्बो-लुम्बिनी सिधा हवाई सेवा बारेमा छलफल हुने भएको छ । नेपालले श्रीलंकामा थुनामा रहेका तीन नेपालीहरूलाई छुटाउनका लागि पनि छलफलमा कुरा राख्ने सझिएको छ ।

दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि गर्ने, संस्कृति, पर्यटन र शिक्षा क्षेत्रमा सहयोग आदानप्रदान, बहुपक्षीय फोरमहरूमा सहकार्य गर्नेलगायत विषयमा छलफल हुनेछ।