काठमाडौं । पोखराबाट काठमाडौं उड्न लागेको बुध्द एयरको जहाजको इमर्जेन्सी ढोका यात्रुले खोलेपछि उडान रोकिएको छ ।
बिहीबार बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौँ उड्न लागेको उडान नं ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेका हुन्। विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको बुद्ध एयरले जनाएको छ ।
बुध्द एयरका प्रवक्ता दिपेन्द्र कर्णका अनुसार इमर्जेन्सी ढोका यात्रुबाट के कति कारणले खुल्न गएको हो भन्नेबारेमा पोखरा टर्मिनलका सुरक्षाकर्मीले बुझिरहेका छन् ।