सरकार परिवर्तन भएपनी परराष्ट्र नीतिमा परिवर्तन नहुने : मन्त्री खनाल

सरकार परिवर्तन वा राष्ट्रको परराष्ट्र नीतिमा नयाँ मन्त्री आए पनि परिवर्तन नहुने

काठमाडौँ । शुक्रबार नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाल सपत ग्रहन भएपछी सरकार परिवर्तन वा राष्ट्रको परराष्ट्र नीतिमा नयाँ मन्त्री आए पनि परिवर्तन नहुने बताए । आज मन्त्रालयमा पदबहालीका क्रममा  सञ्चारकर्मीसँग नेपालको परराष्ट्र नीति संविधानमा नै स्पष्ट रूपमा उल्लेख गरिएको बताएका छन ।

मन्त्री खनालले गौतमबुद्ध जन्मिएको शान्तिका देश र मुलुकका रूपमा नेपालले पनि सधैँ द्वन्द्वरत पक्षलाई शान्तिपूर्ण ढङ्गले आफ्ना समस्या समाधान गर्न आग्रह गर्दै आएको उल्लेख गर्दै विश्व समुदायलाई पनि नेपालले सोही अनुरोध गर्दै आएको बताए ।

यसै गरी  नव नियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले पुष्टि गर्नुभयो कि नेपालको परराष्ट्र नीति सरकार परिवर्तन भए पनि स्थिर रहनेछ, जुन राष्ट्रिय स्वाधीनता, अखण्डता र स्वार्थमा आधारित छ।

उनले पश्चिम एशियामा रहेका ८० हजार भन्दा बढी नेपालीको सुरक्षाका लागि कूटनीतिक पहल तेज गरेको जानकारी दिनुभयो, साथै डिजिटल कन्सुलर सेवा, राम्रो सेवा वितरण, र आर्थिक कूटनीतिलाई पनि प्राथमिकता दिनुभएको छ।

यसले देशको आर्थिक विकासमा सहयोग पुर्याउने साथै समृद्धिका सन्दर्भमा ‘इकोनोमिक डिप्लोमेसी’लाई विशेष प्राथमिकता दिइने र सुसासन तिर अगाडी बढने बताए ।