काठमाडौं। सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दैछ ।
अर्थमन्त्रालय स्रोतका अनुसार करिब १९ खर्ब रुपैयाँको बजेट आज सार्वजनिक गर्न लागेको हो । अर्थमन्त्री विष्णु पौडेलले दिउँसो ३ बजे बस्ने संघीय संसदको बैठकबाट बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १९ खर्ब ६५ करोड रुपैयाँको बजेट सिलिङ तोके अनुसार नै बजेट तयार गरिएको जनाइएको छ।