रास्वपा केन्द्रीय समिति बैठक बस्यो सदस्यलाई निलो कुर्सी

(रास्वपा) केन्द्रीय समिति बैठक आज काठमाडौंमा बस्दैछ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको (रास्वपा) केन्द्रीय समिति बैठक आज काठमाडौंमा बस्दैछ।

बैठक पार्टीको केन्द्रीय कार्यालय, बनस्थली, काठमाडौंमा अपराह्न ४ बजे सुरु हुने कार्यक्रम छ। बिहीबार मात्र निर्वाचित प्रतिनिधि सभासद्को सपथ ग्रहणपछि बैठक आह्वान गरिएको हो।

सपथग्रहणमा सभासद् र पार्टी केन्द्रीय समिति सदस्यहरूलाई कार्यालयमा समयानुसार बोलाइनेछ। साथै, पार्टीका प्रवक्ता मनिष शाहले ५ बजे संघीय दलको बैठक पनि बोलाउने जानकारी दिनुभयो।

जसमा बालेन साहलाई संघीय दलको नेता चयन गर्ने तयारी छ।