काठमाडौं । सांसद सुमना श्रेष्ठले प्रतिनिधसभाको बैठकमा सभामुख देवराज घिमिरिले बोल्न नदिएको भन्द बहिष्कार गरेकी छन्।
पूर्व शिक्षामन्त्रीसमेत रहेकी श्रेष्ठले आकस्मिक समयमा बोल्नका लागि समय माग गरेपनि सभामुख घिमिरेले उनलाई बोल्न समय दिएनन्। बैठकको सुरुमै श्रेष्ठ बोल्न खोजेकी थिइन्। तर घिमिरेले पछि समय दिने भन्दै अन्य सांसदलाई बोल्नका लागि समय दिएका थिए।
अन्तिममा श्रेष्ठलाई बोल्न नदिएर घिमिरेले सून्य समयको कार्य प्रारम्भ गरेपछि श्रेष्ठले फेरि बोल्न पाउनुपर्ने भन्दै समय माग गरेपनि उनले समय नदिएको भन्दै श्रेष्ठलाई बोल्न दिएनन्। त्यसपछि रिसाएकी सांसद श्रेष्ठले बैठक बहिष्कार गरेकी छिन्। उनले संसद् बैठक बहिष्कार गर्दै संसद्बाट बाहिरिएकी छन्।

























