भूकम्पमा मृत्यु भएकाको सम्झनामा कर्णाली प्रदेशमा आज शोक बिदा

काठमाडौं । कर्णाली प्रदेश सरकारले आइतबार शोक बिदा दिएको छ।

शुक्रबार रातिको भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जलीका लागि प्रदेशले बिदा दिएको हो।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो।

भूकम्पमा परी प्रदेशका दुई जिल्ला जाजरकोट र रुकुमपश्चिमका १५७ जनाको मृत्यु भएको छ, भने करिब २०० जना घाइते छन्।