काठमाडौं । चलचित्र ‘महाजात्रा’ को छायाङ्कन काठमाडौँबाट सुरू गरिएको छ ।
काठमाडौँमा अधिकांस र जनकपुरमा केही छायाङ्कन हुने कार्यकारी निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले जानकारी दिए ।
कथाको डिमान्ड अनुसार नै अभिनेता आचार्यलाई कास्ट गरिएको निर्देशक भट्टराईले बताए । उनले भने,‘दुई शृङ्खलामा जात्रा भएपछि महाजात्रा गर्न चाहिने कलाकार उहाँ नै हुनुहुन्थ्यो । एउटा घटनाको जात्रा थियो ।
‘जात्रा’ मा गायकको रुपमा जोडिएका अभिनेता आचार्यले यस शृङ्खलासँग आफू नजिक रहेको बताए । ‘प्रदीप भाईको डेब्यु चलचित्र भएकाले पनि म यो शृङ्खलासँग नजिक थिएँ । यसपटक कलाकारको रुपमा जोडिएको छु । कथा, विषयवस्तु राम्रो छ,’ अभिनेता आचार्यले भने ।
जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिएको चलचित्रलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । ‘जात्रा’ चलचित्रको लोकप्रियताले छायाङ्कन नहुँदै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । चलचित्र आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।
यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशन, आशिष अविरलले सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।