भरतपुर अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त

काठमाडौँ । भरतपुर अस्पताल विकास समितिमा क्षितिज पौडेल अध्यक्ष तथा नवराज तिमिल्सिना र अनिता खड्का सदस्य नियुक्त भएका छन् ।

मन्त्री स्तरीय निर्णयअनुसार उनीहरूलाई भरतपुर अस्पताल विकास समितिमा नियुक्त गरिएको हो। अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै अस्पतालको व्यवस्थापन, विकास तथा सेवा विस्तारमा समितिले आवश्यक भूमिका निर्वाह गर्नेछ।

नवनियुक्त अध्यक्ष तथा सदस्यहरूले अस्पतालको सेवा गुणस्तरीय, व्यवस्थित र नागरिकमैत्री बनाउन आवश्यक समन्वय तथा सहजीकरण गर्ने अपेक्षा गरिएको छ।

भरतपुर अस्पताल संघीय सरकारअन्तर्गत सञ्चालन हुँदै आएको प्रमुख सरकारी अस्पताल हो।