पूर्व राजा ज्ञानेन्द्रका छोरा पारस शाह अस्पताल भर्ना

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका छोरा पारस शाह अस्पताल भर्ना भएका छन् । आइतबार साँझ हृदयघात भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा पु¥याइएको हो ।

उनले अहिले उपचार जारी छ । पूर्वराजा शाहका संवाद सचिव डा. फणिराज पाठकका अनुसार उनलाई आइतबार साँझ अस्पताल लगिएको हो ।